गत हप्ताका केही कुरा
ईमर्जिङ नेपाल लिमिटेडले आईपिओ बाँडफाँड गरे पछी । यसमा माग गरीए भन्दा ५३.८७ गुणा बढीको आवेदन परेको थियो ।
२३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेकोमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या २३ लाख २८ हजार ७ सय ६ जना
यसै हप्ता भर्न मिल्ने आईपिओको बारेमा केही कुराः
अहिले हामीले राष्ट्र उत्थान लघुबित्तको आईपिओमा एप्लाई गर्न सकिन्छ ।
हिजो साँझ ५ बजेसम्ममा यसको आईपिओमा १५ लाख ८४ हजार ९ सय ५९ आवेदकले १ करोड ८६ लाख ८१ हजार ८ सय ४० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा १३.५१ गुणा बढी हो ।
प्रति कित्ता १ सय रुपैयाँका दरले आगामी फागुन ४ देखि फागुन ८ सम्मको लागि ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरीएको हो।
कर्मचारी र सामुहिक लगानि कोषलाई छुट्टाएर बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सर्वसाधारणका लागी निस्कासन गरीएको हो ।
न्युनतम १० र बढीमा १००० कित्ताको लागि आबेदन दिन सकिने छ तर पर्ने भनेको १० कित्ताको दरले बाँडफाँड गर्दा पनि ७९,४५० जनालाई मात्र आईपिओ पर्नेछ ।
कम्पनिले २०७५ सालको अन्तिम अन्तिम तिर आफ्नो कारोवार सुरु गरेको हो । रजिष्टर्ड (केन्द्रिय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १३ साँगामा रहेको छ ।
हाल यस कम्पनीको ३६ जिल्लामा रहेका ८८ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ ।
ईक्राले यसलाई डबल बि को रेटिङ दिएको छ जसको मतलव हुन्छ मध्यम जोखिम बहन गर्न सक्ने ।
आईपिओ पर्यो भने कतिमा कारोवार होला त ?
कम्पनीको हालको नेटवर्थ १६७.४३ रुपैयाँ रहेकोले कम्पनीको पहिलो कारोबारको लागि ५०२.२९ रुपैयाँसम्म रेन्ज तोकिने सम्भावना देखिन्छ । यद्यपि १६७.४३ देखि ५०२.२९ बीचको जुनसुकै रेन्जबाट कारोबार सुरु हुन सक्ने ब्यबस्था छ ।
यसै हप्ता आउँदै गरेको आईपिओः
नेष्डो समृद्द लघुवित्तले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ ।
कर्मचारी र सामूहिक लगानि कोषलाई छुट्ट्याएर बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । १० कित्ताकै दरले पर्दा पनि ७७४५६ जनालाई पर्नेछ र ३ जनालाई चाहीँ ११ कित्ता पर्ने छ ।
अरु केही छोटा कुराहरूः
महालक्ष्मी लाईफ ईन्सुरेन्सले आईपिओ निस्कासन गर्दैछ । सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । यसले ६० लाख कित्ता आईपिओ जारी गर्ने छ कर्मचारी र सर्बसाधारणको लागी गरेर ।
Way To Success ले शेयर बजार मा काम सुरु गर्न चहानुहुने साथिहरूका लागी ल्याएको सेवाहरू लिन चहानुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ +9779803221907 हाम्रो Call/WhatsApp Number हो ।
