About
संसारको सबैभन्दा ठूलो लगानी हामीले आँफैमा लगाएको लगानी हो । जुन हामी राम्रो कुरा सिक्नमा लगाईरहेका छौँ.
म किन लेख्छु ।
साथिहरू नमस्कार म RP Srijan आँफूले सिकेको कुरा अरुलाई सिकाउने मान्छे' म २०१६ देखी फेसबुक र यूट्यूवमा भिडियोहरु बनाउँदै आईरहेको छु । तर म त्यती धेरै लेख्ने चाहीँ गर्दिनथे । त्यैपनि कतीपय अवस्थामा लेख्नु आँफैमा निकै महत्वपूर्ण र थोरै शब्दमा धैरै कुरा बोल्न सकिने माध्यम पनि हुने रै'छ भन्ने मलाई तव लाग्छ जव म सँग छोटो समय हुन्छ भिडियो हेरेर बस्ने प्रयाप्त समय हुँदैन र लेखेको कुरा पढ्न ठिक लाग्छ ।
त्यसैले लेख्न सुरु गरेँ । मैले बुझेका, देखेका, भोगेका र पढेका म ब्लगको रुपमा शेयर गर्दै जानेछु तपाईँहरू पढेर मलाई सल्लाह सुझाब दिनुहुनेछ । मलाई लाग्छ मैले लेख्ने केही शब्दहरूले तपाईँ मध्ये केहीसाथीहरुको जिवनमा थोरै मात्र परीवर्तन आयो भने पनि मेरो लेखाई सार्थक हुनेछ











